Friday, April 12, 2024
घरसमाचारराजनीतिबालेनलाई साम्पाहाङको ढाढ़स, भने-नडराउनुहोस्

बालेनलाई साम्पाहाङको ढाढ़स, भने-नडराउनुहोस्

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन्।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन्।

अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ ट्विट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन्।

काठमाडौंका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए-

‘आज एउटा विशेष दिन,

आजबाट म तारिखमा छु,

भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,

प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आज बाट अपराधी।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले ट्विटरमा जवाफ दिँदै लेखे-

‘नडराउनुस् नबिराउनुस्

हजुरको साथमा म छु, हामी छौं।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments