Tuesday, January 14, 2025
घरप्रदेशबारा हुँदै काठमाण्डौ लगिएको लागू औषध सहित दुई पक्राउ 

बारा हुँदै काठमाण्डौ लगिएको लागू औषध सहित दुई पक्राउ 

काठमाण्डौ/ बारा जिल्लाको सीमावर्ती क्षेत्रलगायत सुरक्षा चेकपोस्टको आँखा छली गरि काठमाण्डौ लगिएको लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला बारा खोपवा गा.पा २ बस्ने वर्ष १९ को रामलाल पासवान र भारत बरियारपुर हाल जि.बारा खोपवा गा.पा. ०२ बस्ने वर्ष १९ को रोशन मण्डललाई NOPHINE लेखिएको १३०० एम्पुल, PHENERGAN लेखिएको १३०० एम्पुल, DIAZEPAM लेखिएको १३०० एम्पुल, NITRAVET-10 लेखिएका ३००० ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले दिएको जानकारी अनुसार काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा बारा देखि काठमाण्डौ तर्फ आउँदै गरेको ना ६ ख ६३७६ नं. को यात्रुबाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिन १ र २ सिटमा सवार व्यक्तिहरुले ल्याएको ओप्पो लेखेको निलो रातो रंगको झोलामा निलो रंगको तीन वटा प्लाष्टिकमा लागू औषध लुकाई छिपाई ल्याएको अबस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोटमा राखी निजहरुसँग प्रारम्भिक अनुसन्धानको क्रमममा सोधपुछ गर्दा निजहरुले थप लागु औषध निजहरु चढी आएको बसको डिक्की भित्र बोरामा लुकाई छिपाई प्लाष्टीकको बोरामा राखी बसको ब्याट्री राख्ने डिक्कीमा राखि उक्त बस भक्तपुर गएको भन्ने खुल्न आएकोमा निजहरुलाई साथमा लिई प्रहरी टोली खटिगई जि. भक्तपुर भक्तपुर न.पा. वडा नं. १ चुनदेवी स्थितमा उक्त बसलाई रितपुर्वक तलासी लिँदा बसको बाँया तर्फको डिक्कीमा बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा थप परिमाणमा लागू औषध फेला गरी सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन – ७ म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भई रहेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -