Sunday, April 21, 2024
घरप्रदेशएक सय ६८ किलो गाँजा बरामद

एक सय ६८ किलो गाँजा बरामद

बारा/प्रहरीले एक क्विन्टल ६८ केजी गाँजा बरामद गरेको छ ।

बाराको कोल्हवी नगरपालिका-५ सोनाभार टोलमा रहेको जितेन्द्र चौधरीको घरबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घरमा गाँजा लुकाई राखेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोली चौधरीको घर पुगेको थियो ।

घरमा कोही नभएको बेलामा स्थानीय जनप्रतिनिधिको रोहबरमा खानतलासी गर्दा घरको कोठामा लुकाई राखेको अवस्थामा एक क्विन्टल गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बारराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

गाँजालाई ईलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको तथा घरधनी चौधरीको खोजी कार्य भइरहेको प्रनाउ पाण्डेले बताए ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -