२०८३ जेष्ठ ४ गते, सोमबार २०:१५

काठमाण्डौको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जितेन्द्र बस्नेतलाई

काठमाण्डौ/ काठमाण्डौको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जितेन्द्र बस्नेत ले पाएका छन।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा एवं प्रवक्ता रहेका सहसचिव बस्नेतले काठमाण्डुको प्रमुख जिल्ला अधिकारी भएका हुन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा सरूवा गरेको हो।

बस्नेत ८ वर्षअघि सहसचिव बनेका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM