Saturday, July 27, 2024
घरक्राइम चेकयौन व्यवसायको आरोपमा पक्राउ परेकालाई प्रहरीले छोड्यो

यौन व्यवसायको आरोपमा पक्राउ परेकालाई प्रहरीले छोड्यो

वीरगंज/ समाजमा हुने गरेको अवैध क्रियाकलाप, बेथीति एवं कानुन विरोधी क्रियाकलापलाई निरुत्साहन गरी कानुनी राज्यको अनुभूति गराउन परिचालित जिम्मेवार निकाय नेपाल प्रहरी नै यसरी अवैध यौन व्यवसायमा संलग्नहरूलाई प्रभावमा परेर रिहा गर्छ भने कसको के लाग्छ ?

पछिल्लो पटक वीरगंजमा एउटा यस्तै खबर बाहिरिएको छ। यौन व्यवसायको आरोपमा प्रहरीले पक्राउ गरेको व्यक्तिलाई २४ घण्टा नबित्दै उन्मुक्ति दिएर रिहा गरिदिएपछि प्रहरीमाथि शंका उब्जिएको हो ।

वीरगंज मेनरोड स्थित होटेल क्राउन प्लाजामा यौन धन्धा संचालन भैरहेको खबर प्राप्त भएपछि मीना बजारमा रहेको सामयुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक मीना बादलसहितको टोलीले शुक्रबार सो होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं. ५ निवासी म. ईजहार शेख र एक महिलालाई नियन्त्रणमा लिएको थियो । होटेलभित्र अनैतिक क्रियाकलापमा संलग्न आफ्ना ग्राहकलाई पक्राउ गरेपछि आक्रोशित होटेल संचालक सिन्धुपालचोक जिल्ला मेलम्ची निवासी ४० वर्षीय गुंजलाल श्रेष्ठले प्रसनि बादलमाथि दूव्र्यवहार गर्दै छोड्न दबाव दिन थालेपछि वडा प्रहरी कार्यालय बिर्ताको टोली बोलाई तिनै जनालाई नियन्त्रणमा लिएर पठाएको थियो ।

पक्राउ परेका तिनै जनालाई रिहा गराउन केही बिचौलियाहरू सामुदायिक प्रहरी सेवा केन्द्र मीना बजारका अध्यक्षलगायतका पदाधिकारी, प्रहरी एवं वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकसम्म दौडधूप गर्न लागेपछि पनि प्रहरीले शुक्रबार रिहा गरेन । तर शनिवार भने बिर्ता प्रहरीले होटेल संचालकसँग प्रभावित भएर रिहा गरिदिएको खबर प्राप्त हुन आएको छ ।

स्थानीयहरूका अनुसार सो होटलमा यस अघि पनि पटक पटक यौन व्यसाय हुने गरेको छ । होटेलमै सुरक्षित तरीकाले यौन धन्दा चलिरहँदा अन्य विभिन्न खाले आपराधिक गतिविधिका घटनामा बढोत्तरी हुने संभावनाकाबीच प्रहरीको लापरवाही आश्चर्यलाग्दो छ ।

यसैबीच वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विदुर शिवाकोटीले पक्राउ परेका व्यक्ति उमेर बढी भएका कारण मुद्दा नचलाई छोडेको बताउनु भयो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीना बजारका अध्यक्ष बासु सहनीले अनैतिक कृयाकलापमा संलग्नलाई पक्राउ गरी बुझाएपनि वडा प्रहरी कार्यालय बिर्ताका प्रमुखले मुद्दा नै नचलाई मनोपोली ढंगले यौन व्यवसायीसमेत होटेल संचालकलाई रिहा गरेर अवैध कार्यलाई प्रोत्साहन गरेको बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -