Sunday, May 19, 2024
घरक्राइम चेककोका-कोलालगायतका पेय पदार्थले क्यान्सर निम्त्याउँछ: विश्व स्वास्थ्य संगठन

कोका-कोलालगायतका पेय पदार्थले क्यान्सर निम्त्याउँछ: विश्व स्वास्थ्य संगठन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोका–कोला, इनर्जी ड्रिङ्क्स, चुईङगमलगायतका पेय तथा खाद्य पदार्थमा प्रयोग गरिन गुलियोले क्यान्सर हुनसक्ने चेतावनी दिएको छ ।

कोका–कोलालगायत अन्य पेय तथा खाद्यपदार्थलाई मीठो बनाउन प्रयोग गरिने आर्टिफिसियल स्विटनर एस्पार्टमले क्यान्सरको जोखिम बढाउने चेतावनी डब्ल्युएचओले दिएको हो । एस्पार्टम कोका–कोला, डाइट सोडा, मार्स एक्स्ट्रा च्युइङ्गम र केही अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गर्ने गरिन्छ ।

गत वर्ष फ्रान्समा एस्पार्टमबारे भएको एउटा अनुसन्धानले त्यसको प्रयोगले क्यान्सरको खतरा उच्च बनाउने देखाएको थियो । आर्टिफिसियल स्विटनर सेवन गर्ने १ लाख मानिसमा उक्त अध्ययन गरिएको थियो । त्यसबाट कृत्रिम मिठास भएका पेय तथा खाद्य पदार्थको अधिक सेवन गर्नेलाई क्यान्सरको उच्च जोखिम रहने ठहर गरिएको थियो ।

डब्ल्यूएचओको एजेन्सी फर रिसर्च अन क्यान्सरले आगामी १४ जुलाइमा आधिकारिकक रुपमा उक्त घोषणा गर्ने जनाइएको छ । डब्लुएचओको यो निष्कर्षले बहुराष्ट्रिय कम्पनीहरुमा हलचल पैदा भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -