प्रेमचन्द्र झा
राैतहट । आदालतको फैसला कार्यान्वयन अन्तरगत प्रहरीले विभिन्न मुदाका ६ जना प्रतिवादीलाई पक्राउ गरेका छन । प्रहरी गस्ती टाेलिले गरुडा नगरपालिका वडा नम्बर २ गेडहिगुठ्ठिबाट बलिराम सहनी , कृषनन्दन सहनी ,सुनिल सहनी , र प्रभुनन्दन भन्ने शशी सहनीलाई कर्तव्य ज्यान मुद्वा तथा सोही वडाका जम्दार साह र जोगिन्द्र साहलाई जुव सम्बन्धि मुद्वामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक उमाशंकर यादवले बताए ।
आदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहे ती छ जना प्रतिवादीलाई पक्राउ गरि जिल्ला आदालत राैतहटलाई बुझाएको प्रहरी नायव उपरीक्षक यादवले बताए ।