Sunday, April 21, 2024
घरसमाचारप्रहरी र डाँकाबीच भीडन्त, दुईजना डाकाँको मृत्यु

प्रहरी र डाँकाबीच भीडन्त, दुईजना डाकाँको मृत्यु

वीरगंज/ नेपाल–भारतको सीमावर्ती क्षेत्र भारतको घोडासहनमा गएराति डाँका र प्रहरीबीच भीषण भिडन्त भएको छ । भीडन्तमा दुईजना डाँको मृत्यु भएको मोतीहारी प्रहरीले जनाएको छ ।

डाँकाले सो सीमा क्षेत्रमा एक दर्जनभन्दा बढी बम विस्फोट गराउँदा तीनजना प्रहरी घाइते भएका छन् ।

त्यसपछि डाँकाहरु नेपाल प्रवेश गरेर बेपत्ता भएको मोतीहारी प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल, बन्चरो, ग्यास कटरलगायतको वस्तु बरामद गरेको छ भने सो स्थानबाट संदिग्ध केही व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -