Sunday, April 21, 2024
घरपत्रपत्रिकाकारागारमा रहेका छोरालाई भेट्न पुगेकी आमा ब्राउनसुगरसहित पक्राउ

कारागारमा रहेका छोरालाई भेट्न पुगेकी आमा ब्राउनसुगरसहित पक्राउ

कैलाली/कैलाली कारागारमा कैदीबन्दीका रूपमा रहेका छोरालाई भेट्न पुगेकी आमा ब्राउनसुगरसहित पक्राउ परेकी छिन् । जिल्ला कारागार कैलालीमा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका २१ वर्षीय छोरा ओम प्रकाश अवस्थीलाई भेट्न पुगेकी धनगढी-३ मिलनचोककी ५० वर्षीय कमला देवि अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार आज दिउँसो २ बजे कैलाली कारागारमा सामान चेकजाँच गर्ने क्रममा कमलाले बिस्कुटभित्र लुकाई ल्याएको ५ ग्राम ४० मिलिग्राम (ब्राउनसुगर) फेला परेकाे हाे ।

सुरक्षामा खटिएका प्रहरी कर्मचारीले बिस्कुटभित्र उक्त लागूऔषध भेटेका थिए । कमला देवि अवस्थीसहित लागूऔषध ब्राउनसुगर नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -