Sunday, May 19, 2024
घरसमाचारबच्चा जन्माएर शरीर बिग्रिएको भन्दै सुत्केरी भएको तीन दिनमै आत्महत्या

बच्चा जन्माएर शरीर बिग्रिएको भन्दै सुत्केरी भएको तीन दिनमै आत्महत्या

काठमाडौं । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक गर्भवती महिलाले आत्महत्या गरेको खबरले जनतालाई विचलितत बनाएको छ । बच्चा जन्माएको तेस्रो दिन महिलाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरिन् ।

सुत्केरीपछि शरीर पहिलेजस्तै हुनै छैन भन्ने डरले २७ वर्षीया महिलाले आफ्नो जीवन समाप्त गरेकी छन् । योसँगै उनलाई बच्चा जन्माएपछि जागिर नपाउने डर पनि थियो । मृतक महिला र उनका श्रीमानको व्हाट्सएप च्याटबाट यो कुरा पुष्टि भएको छ ।

यो घटना लखनऊको आशियानाको सेक्टर १ क्षेत्रको हो। यहाँ विदेशी युवती २७ वर्षीया ओक्साना मामचरले घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।

मूल रूपले युक्रेनकी ओक्साना मामचर तीन महिनाअघि मात्रै घर आएकी थिइन् । यहाँ उनी आफ्नी सासू रुथ र नन्दहरू रुफिना र युहानासँग बस्दै आएकी थिइन् । ओक्सानाका श्रीमान युक्रेनको एक विश्वविद्यालयबाट पीएचडी गर्दैछन्।

जुन १४ मा ओक्सानाले एक निजी अस्पतालमा छोरालाई जन्म दिइन् । उनलेले सामान्य प्रसवबाट बच्चालाई जन्म दिइन् । यसपछि उनले युक्रेनमा बस्दै आएका आफ्ना श्रीमानसँग ह्वाट्सएप च्याट र कलमा कुरा गरिन् ।

कुराकानीका अनुसार सन्तान जन्माएपछि उनी आफ्नो शरीर बिग्रिने कुराले चिन्तित थिइन् । पहिलेको जस्तो शरीर नहुँदा जागिर पाउन नसक्ने उनको सोच थियो । तर घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन ।

यही चिन्तामा गर्भवती महिलाले घरको स्टोर रुममा झुण्डिएर जीवन अन्त्य गरिन् । त्यतिबेला नवजात छोरा अर्को कोठामा सुतिरहेको थियो।

विदेशी महिलाले आत्महत्या गरेको खबर पाएर प्रहरी टोली घटनास्थलमा पुगेर पंचनामा गरी शव पोष्टमार्टमका लागि पठाएको थियो । यसै क्रममा युक्रेनमा रहेका मृतकका श्रीमानलाई जानकारी गराइयो । घरमा रहेका परिवारका सदस्यलाई पनि सोधपुछ गरियो । हाल प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -