घुससहित वडासचिव पक्राउ

0

जनकपुरधाम/धनुषाको नगराइन नगरपालिकाका एक वडासचिव अख्तियारको फन्दामा परेका छन् ।

महोत्तरीको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ का वडासचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।

वडासचिव झाले सेवाग्राहीसँग कुनै काम गरेवापत नगद ७५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा अख्तियारबाट खटेको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेकोले थप कुरा पछि जानकारी गराउने जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्