अनैतिक काम गर्न खोज्ने होटेल संचालक पक्राउ, तीन किशोरीको उद्धार

0
सांकेतिक तस्वीर

बनेपा/काभ्रे प्रहरीले किशोरीहरूलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ ।

बनेपा-८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका-६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको हो ।

बनेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरीपछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए । उनका अनुसार उक्त होटलबाट अनैतिक कार्यमा संलग्न गराइएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएको छ ।

जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्