२०८३ जेष्ठ १ गते, शुक्रबार ०१:५९

पूर्वमन्त्रीको गाडी तोड़फोड़

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडी तोडफोड भएको छ । आज इलामको माङसेबुङ गाउँपालिकामा राना चढेको गाडीमाथि ढुंगामुढा भएको हो ।

उनको गाडीको पछाडीको भाग क्षतिग्रस्त भएको बताइएको छ । सो आक्रमणप्रति एमालेले आपत्ति जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM