Tuesday, April 30, 2024
घरपत्रपत्रिकापूर्वमन्त्रीको गाडी तोड़फोड़

पूर्वमन्त्रीको गाडी तोड़फोड़

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडी तोडफोड भएको छ । आज इलामको माङसेबुङ गाउँपालिकामा राना चढेको गाडीमाथि ढुंगामुढा भएको हो ।

उनको गाडीको पछाडीको भाग क्षतिग्रस्त भएको बताइएको छ । सो आक्रमणप्रति एमालेले आपत्ति जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।

 

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -