Tuesday, June 18, 2024
घरप्रदेशराप्रपाका नेता द्वैध नागरिक नरेशविरुद्ध पक्राउ पुर्जी जारी, पछि फरार

राप्रपाका नेता द्वैध नागरिक नरेशविरुद्ध पक्राउ पुर्जी जारी, पछि फरार

वीरगंज/ जिल्ला प्रशासन कार्यालय पर्सामा परेको द्वैध नागरिकता सम्बन्धी मुद्दालाई आर्थिक बलमा बिचाराधीन बनाउन सफल द्वैध नागरिक नरेश साहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन्।

बैंकिंग कसुर चेक अनादर मुद्दामा नरेश विरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएको खबर प्राप्त हुन आएको छ।

भारत बिहार सीतामढ़ी जिल्ला जन्म भएका नर्सिंह साहका छोरा हाल वीरगंज-८ निवासी ५० वर्षीय नरेश साहले वीरेन्द्र प्रसाद यादवलाई दिएको ६ लाखको चेक बाउन्स भएपछि यादवको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतबाट पक्राउ आदेश लिई जिल्ला प्रहरी कार्यालय पर्साले खोजी गर्न शुरू गरेपछि नरेश फरार भएका हुन्।

अवैध आर्जनको कमाईबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा राम्रो फंडिङ गर्दै आएका नरेश पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको संरक्षण पाएपछि नेपालko कानून नीति नियमलाई मान्न नपर्ने मनोभावका साथ अघि बढ़ीरहेका छन्।

राष्ट्रवाद र निष्ठाको कुरा गर्ने राप्रपाले नरेशलाई द्वैध नागरिकता सम्बन्धी मुद्दाबाट जोगाउन प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएका थिए तथापि पर्साका ईमानदार मतदाताले उनको जमानत जफ्त हुनेगरी बहिष्कार गरेपनि पैसाको आड़मा गृह प्रशासनको कारवाहीबाट जोगिँदै आएका छन्।

पछिल्लो पटक चेक अनादर-बैंकिंग कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेपनि जिल्ला प्रहरी कार्यालय पर्सालाई पनि प्रभावमा पारेर बाहिर नै बस्ने हुन् कि हिरासतमा पुग्ने हुन्, सार्वजनिक चासोको विषय बनेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -