२०८३ जेष्ठ १ गते, शुक्रबार ०४:१४

बारामा मदिरामाथि प्रतिबन्ध

वीरगंज/ बारा जिल्लामा मदिरा उत्पादन, बेचबिखन, ओसार-पसार र सेवन गर्न प्रतिबन्ध लगाईएको छ।

यहि बैशाख १० गते हुन लागेको प्रतिनिधिसभा सदस्य उप निर्वाचनलाई केन्द्रित गरि मंगलबार बसेको जिल्ला सुरक्षा समितिको पदाधिकारीहरूको बैठकले शान्ति सुरक्षा सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुन नदिन मंगलवारदेखि वैशाख १० गते राति १२:०० बजे सम्म जिल्लाभर मदिरा जन्य पदार्थको ओसार पसार, विक्रिवितरण, तथा सेवन गर्ने/ गराउने कार्य पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी गराउनु भयो।

सो अवधिभर मदिरा जन्य पदार्थको ओसार पसार, विक्रिवितरण गरेको पाएमा प्रचलित कानुन अनुसार आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ।

प्रतिनिधिसभा सदस्य पदको लागि बारा निर्वाचन क्षेत्र नं.२मा उप निर्वाचन हुँदैछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM