नितेश गुप्ता तेली: भारतीय बाबुको बंशज नेपाली छोरा कसरी भए ?

0

वीरगंज/भारत बिहारबाट नेपाल आई छोटो अवधिमा स्थानीय प्रहरी प्रशासनलाई नजराना चढ़ाई नेपाली नागरिकता हासिल गरि यहाँको बजारमाथि एकाधिकार जनाई दिन दुई गुणा, रात चौगुणा कमाएर देशलाई हरिकंगाल बनाउन सफल भएका एक बिहारी बाबुका छोरा हुन् नितेश गुप्ता तेली।

नितेशका बुवा ताराचंद नामुद तस्कर हुन्। यिनले पनि झूठो विवरण पेश गरेर वीरगंज महानगरपालिका वडा नं. २ बाट नागरिकता लिएको स्थानीय बासिन्दाहरूको भनाई रहेको छ।

प्रसाद साहको नाती ताराचनको छोरा नितेशले झुठो विवरण पेश गरी बारा जिल्लाबाट नागरिकता लिएको हाम्रो शुत्रले दाबी गरेको छ।

नितेशको एक भाई विकेश अहिले पनि भारतीय नागरिक नै भएको र सम्पूर्ण खानदानको भारत बिहारको मतदाता नामावलीमा नाम रहेको छ नितेश बाहेक।

भारतीय निर्वाचन आयोगमा नाम भएको आमाबुवा, भाई, काका, काकीको सन्तान कसरी नेपालको वंशज नागरिक हुन्छ? भनि प्रश्न गर्दा नितेशले “के भयो त?”भनि जवाफ फर्काए।

केहि महिना अघि नितेश फुड प्रोडक्टसले बजारमा ल्याएको काजुको पैकेटमा अधिकतम खुद्रा मूल्य, उपभोग्य मितिलगायतका विवरण उल्लेख नगरिएका सामानहरू बजारमा बिक्री भैरहेको खबर सार्वजनिक भएपनि प्रशासनलाई प्रभावमा पारेर उम्किएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्