२०८३ बैशाख ८ गते, मंगलवार ०७:०९

संसद भवनअगाडि एक पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौँ/काठमाडौँको नयाँबानेश्वरस्थित संसद भवनअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

संसद भवनको एक नम्बर गेट अगाडि हेटौंडाका ५३ वर्षीय एक पुरुषले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता सिताराम रिजालले बताए। उनका अनुसार उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए ।

उनलाई प्रहरीले बचाएर नियन्त्रणमा लिएको छ। पेट्रोल खन्याएर आत्मदहको प्रयास गरेको प्रहरीले तत्काले थाहा पाएपछि उनलाई बचाउन प्रहरी सफल भएको हो।

आत्मदाहको प्रयास गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM