वीरगंज/ हनुमान जन्मोत्सवको अवसरमा बिहिवार ऐतिहासिक महाआरतीको आयोजना हुने भएको छ।
केहि दिन अघि रामनवमीको अवसरमा माईस्थान स्थित गहवामाई मन्दिर अगाडी भएको विशेष आरती झैँ आज बिहिवार श्री हनुमान जन्मोत्सवको अवसर पारेर साँझ ६:००बजे वीरगंजको महावीर स्थानमा हजारौँ सनातनी भक्तजनहरूको सहभागितामा महाआरतीको आयोजना हुन लागेको बताइन्छ।
श्री महावीर स्थान मन्दिर समिति, वीरगंज महानगरपालिका वडा नं.६ कार्यालय, साप्ताहिक सुन्दरकाण्ड प्रचार समिति, वीरगंज एवं समस्त नगरवासीहरूको संयुक्त आयोजनामा महाआरती गर्न लागिएको वडाध्यक्ष जय प्रकाश शाहले बताउनु भयो।
सो महाआरतीमा नगरदेखि जिल्लाभरिका हजारौँ नर नारीले संयुक्त रुपमा महाआरती गर्ने बताइन्छ।
आरतीलाई भव्य, सभ्य एवं सौहार्दपूर्ण बनाउन आयोजक समितिले सार्वजनिक आह्वान गरेको छ।
















