वीरगंज/पछिल्लो समयमा पर्साको वीरगंज लगायत विभिन्न नाकाहरूबाट चोरी तस्करी तथा भन्सार राजश्व छलिका कृयाकलाप बढ्दै गएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरलाई “भन्सार राजश्व छलि ओसार पसार गरी वीरगंज–१३ पावरहाउस क्षेत्रमा लत्ता कपडा एवं खाद्यान्न सामग्रीहरू भण्डारण गरी राखेको” भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले दुई लाख नौ हजार नौ सय ५० रुपैयाँ बराबरका लत्ता कपडा एवं खाद्यान्न सामग्रीहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सीमावर्ती क्षेत्रबाट हुने अवैध ओसार पसार, भन्सार राजश्व छलि, चोरी निकासी, तस्करी नियन्त्रण तथा सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बावजुद पनि भन्सार राजश्व छलि भई खाद्यान्न, हार्डवेयर, कपडा लगायतका उपभोग्य सामानहरू जिल्लामा भित्रिनुमा अनेक तस्करीको लाइन खुलेको बुझिन्छ ।

पेस्तोल र चार राउण्ड गोलीसहित दुई जना पक्राउ
धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट















