२०८३ जेष्ठ १ गते, शुक्रबार ०७:१५

सिम्रौनगढ़ नपाका तत्कालिन प्रशासकीय अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ/बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध मुद्दा चलाएको हो।

तीनैजनाविरुद्ध एक लाख ९९ हजार ८९७ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा चलाइएको हो।

आर्थिक वर्ष २०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीको सफ्टवेयर खरिद तथा जडान कार्यका लागि उनीहरूले १ लाख ९९ हजार ८९७ बजेट स्वीकृत गराएर सफ्टवेयर खरिद गरेका थिए।

उक्त सफ्टवेयर प्रयोग नगरी सरकारी सम्पत्ति हानी-नोक्सानी गरेको आरोप उनीहरूमाथि लागेको हो।

अख्तियारले उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम उनीहरूमाथि आरोपपत्र दर्ता गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM