२०८३ बैशाख ८ गते, मंगलवार ०७:१०

श्रोत नखुलेको रुपैयाँसहित सर्लाहीका युवक पक्राउ

काठमाडौँ। श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा ईलाकाबाट करीव ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको हो।

भारत घर बताउने २७ वर्षिय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।

बी.आर. ३० ए.ए. ३४५५ नम्बरको मोटरसाईकलमा सवार उनलाई जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। बरामद भएको उल्लेखित रुपैयाँमा १ सय दरको २ सय वटा, ५ सय दरको २ सय ७०

वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ ।

नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM