२०८२ माघ १० गते, शनिबार १९:५८

जनप्रतिनिधिकै मिलोमतोमा अवैध उत्खनन्

सिरहा । अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुईवटा टिप्पर र एउटा जेसीभी नियन्त्रनमा लिएको छ । जिल्लाको नरहा गाउँपालिका–३ नेपाली सेनाको २७ नम्बर बाहिनीसँगै टाँसिएको जग्गाबाट अवैध रुपमा रातको समयमा ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीभी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिप्पर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा उत्खनन् गरिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार राति करिब ११ बजेको समयमा जेसीभी र टिप्परलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जानकारी दिए । ‘सूचना पाउनासाथ हाम्रो टोली पुगेर टिप्पर र जेसीभी नियन्त्रणमा लियाैँ, आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिलाई पत्र पठाइएका छौँ,’ उनले भने ।

समन्वय समिति प्रमुख दिनेश महतोले नियन्त्रणमा लिएको जेसीभी र टिप्परलाई कानुन बमोजिम कारबाही गर्ने बताए। उनले भने, ‘विकास निर्माणका लागि ग्राभेल आवश्यक भए पनि प्रक्रिया मिचेर अवैध रुपमा रातिको समयमा उत्खनन गर्न मिल्दैन । यस्तो कार्य जोकोहीले गरेको भए पनि गलत हो । छिट्टै हामी बैठक बसेर यसबारे निर्णय लिन्छौँ ।’

यसअघि गत २९ फागुनमा समन्वय समितिले अनुगमनको क्रममा सोही ठाउँबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको थियो । उनीहरूले जरिवाना रकम बुझाएर स्काभेटर फिर्ता ल्याएका थिए । खानी दर्ता, उत्खनन, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने प्रमुख जिम्मा स्थानीय तहको भए पनि स्थानीय तह मौन देखिन्छ । उत्खनन गर्नेहरूले जनप्रतिनिधिहरूलाई पनि आर्थिक प्रभावमा पारी मनमौजी उत्खनन गरेको स्थानीयहरू बताउँछन्।

पर्यावरण मासिने गरि जथाभावी रुखहरू कटान गरी ग्राभेल उत्खनन् गर्दा पनि जनप्रतिधि भने मौनता साँधेर बसेका छन् । गोलबार नगरपालिका ९ र नरहा गाउँपालिका ३ बाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैधरुपमा ग्राभेल निकाल्दा पनि जनप्रतिनिधि एक पटक अनुगमन गर्न समेत पुगेका छैनन् । यसले पनि उनीहरूको मिलेमताेको पुष्टि भएको स्थानीय युवाहरूको भनाइ छ।

नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव आफ्नो पालिकाबाट उत्खनन् भएको भन्ने आफूलाई जानकारी नै नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म एउटा पनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भइरहेको भन्ने जानकारी पनि छैन ।’ प्रहरी र समन्वय समितिले पटक पटक टिप्पर र स्काभेटर नियन्त्रणमा लिँदासमेत जनप्रतिनिधि आफूलाई केही जानकारी नै नभएको बताउँछन्।

वनक्षेत्रदेखि मुस्किलले २५ मिटरको दूरीबाट उत्खनन् गरी वनक्षेत्रको बाटो प्रयोग गर्दा पनि वन अधिकारी मौन बस्नुले मिलेमतो रहेको पुष्टि गर्छ।

जथाभावी उत्खननका कारण वरिपरि रहेका आँपका बगैंचा र पानीका स्रोतहरू प्रभावित हुन थालेका छन् । आँपका चिचिला नअडिने र पानीका मुहान सुक्न थालेको स्थानीय किसानहरूको गुनासो छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM