२०८२ माघ १७ गते, शनिबार १७:४५

दाहसंस्कारको तयारी गरिएका बालक जीवितै

जनकपुरधाम/ मृत्यु भएको विश्वास गरी दाहसंस्कारको तयारी भइरहेका बेला अचानक शरीर हल्लिएको देखेर उपचारका लागि अस्पताल पुऱ्याएका एक बालक लामो उपचार पछि नयाँ जीवन पाएका छन् ।

जनकपुर टुडेमा प्रकाशित खबर अनुसार सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका ६ का १२ वर्षीय अजय मण्डलले यसरी नयाँ जीवन पाएका छन् । स्थानीय छिन्नमस्ता अस्पतालमा विगत ६ महिनादेखि उपचार भइरहेको उनको स्वास्थ अवस्थामा अहिले ९० प्रतिशत सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । अत्यन्त गरीब परिवारका उनलाई वडाअध्यक्ष तेजनारायण यादवले गत कार्तिक छठ पूजा कै दिन गम्भीर अवस्थामा ल्याएको अस्पतालका स्वास्थ्य समन्वयकर्ता दीपेन्द्र यादवले बताए । आवश्यक स्वास्थ्य परीक्षण पश्चात जापानिज इन्स्फेलाइटिस रोग पत्ता लगाएका डा. मुकुन्द देव र डा. माधव देवले आईसियुमा राखेर उनको उपचार शुरु गरेका थिए । उपचारका लागि ल्याउदा श्वासप्रश्वासमा समस्या, हात खुट्टा शिथिल तथा अचेत अवस्थामा रहेका अहिले उनी बोल्न र सामान्य हिडडुल गर्न सक्ने अवस्थामा समेत पुगिसकेका छन् । डा. मुकुन्द देवले भने– ‘उनको स्वास्थ्य अवस्था निकै जटिल थियो, बचाउन चुनौतीपूर्ण थियो । तर टिम वर्कका कारण सफल भयौ ।’

अर्का डा. माधव देवले बालकको स्वास्थ्यमा ९० प्रतिशत सुधार भइसकेको जानकारी दिदै अझै निगरानीमा राखेर मात्र डिस्चार्ज गर्ने सोच बनाएको बताए । उनले बालकको शरीरका केही भाग चलायमान बनाउन अझै उपचार तथा पोषणयुक्त खाना जरुरी रहेको बताए ।

बालक अजयको मृत्यु भएको र अन्तिम संस्कारका लागि लैजाने तयारी हुँदै गरेको अवस्थामा पुगेका वडाअध्यक्ष यादवले बालकको शरीर अचानक चल्न थालेको देखेपछि उनकै पहलमा अस्पताल ल्याएर भर्ना गरिएको थियो । वडा अध्यक्ष यादवले घटना सम्झिदै भने –‘छठ पर्वको दिन थियो, टोलमा अजयको मृत्यु भयो भनी हल्ला चलेपछि हतार हतार उसको घर पुगेको थिए, त्यहाँ अन्तिम संस्कारको तयारी हुँदै थियो ।’ अचानक आंगनमा राखिएको अजयको शरीरमा हलचल देखिएपछि परिस्थिति नै अर्को भयो उनले भने । भिक्षा मागेर दुई सन्तानको लालन पालन गर्दै आएकी आमा नर्मदा देवी भन्छिन्– छोराको अवस्थामा धेरै सुधार आएको छ । मरेको ठानेको छोरा निको हुन लागेको देख्दा निकै खुशी लागेको छ । दैनिक ज्याला/मजदुरी गर्दै आएका बालक अजयका बुवा फिरंगी मण्डलको दुई वर्ष अघिनै निधन भइसकेको छ ।

अस्पतालले परिवारको आर्थिक अवस्था कमजोर देखेर अहिलेसम्म उपचार खर्च वापत ताकेता गर्न नसकेको र मानवीय संवेदनशीलताका कारण चिकित्सक र नर्सहरुले उपचारलाई निरन्तरता दिएको अस्पतालका सञ्चालक शैलेन्द्र मोहन झाको भनाइ छ । अस्पतालका स्वास्थ्य समन्वयकर्ता दीपेन्द्र यादवले बालक अजयको उपचारमा अहिलेसम्म औषधि समेत गरी १२ लाख रुपैयाँ अस्पतालको लगानी भइसकेको बताए । ‘औषधिको मात्रै पाँच लाख नाघिसक्यो, उनले भने–‘ आईसियु, भेन्टिलेटर, बेड र अन्य शुल्क जोडदा १२ लाख पुग्छ ।’ उनले औषधिहरु महँगो भएकाले किनेर ल्याइदिँदा अस्पताललाई थप आर्थिक भार बढ्दै गएकाले बालकले बसोवास गरिरहेका पालिका तथा अन्य दाताहरुलाई सहयोगका लागि अनुरोध गरिएको समेत बताए । सघन उपचार कक्षमा भर्ना भएका कतिपय बिरामीका औषधि महँगो हुन्छ । कतिदिन सम्म हामीले मात्र किनिदिने त्यस्ता औषधि ? उनले चिन्ता व्यक्त गरे ।

यता वडा अध्यक्ष तेजनारायण यादवले अस्पतालले अहिलेसम्म गरेको सहयोग अत्यन्तै सराहनीय रहेको बताए । उनले भने –‘१२ लाख त सम्भव छैन, तर गाउँपालिकाबाट औषधि खर्च सम्म अस्पताल प्रशासनलाई बुझाउने गरी आवश्यक पहल थालेका छौ । उनले पनि गरीब परिवारका अजयको उपचार खर्चमा सहयोग गर्न दाताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM