२०८३ बैशाख ८ गते, मंगलवार ०८:३०

क्याफेमा जुवाखाल: दुई भारतीयसहित १६ जना पक्राउ

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालका- १ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेकाे आराेपमा पक्राउ परेका छन्।

उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका- ३९ वर्षीय दिलिप गिरीले संचालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM