Wednesday, September 11, 2024
घरक्राइम चेककार्यक्रमस्थलमै मन्त्रीको शरीरमा काउसो दलियो

कार्यक्रमस्थलमै मन्त्रीको शरीरमा काउसो दलियो

काठमाडौं । भारतको मध्यप्रदेशको अशोकनगरमा विकास यात्रा निकाल्ने क्रममा मन्त्री बृजेन्द्र सिंहको स्वागतका क्रममा केही उपद्रो गर्ने तत्वले उनको शरिरमा काउसो लगाइदिए । जसका कारण मन्त्रीको शरीर चिलाउन थाल्यो । चिलाउने समस्याबाट पीडित मन्त्रीले गाउँमा नुहाएर लुगा फेरे, त्यसपछि मात्र उनले केही राहत पाए । यो विषयको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मध्य प्रदेश सरकारमा राज्यमन्त्री तथा मुंगौलीका विधायक बृजेन्द्र सिंह यादवले भाजपाको विकास यात्राको एक हिस्साको रूपमा विधानसभा क्षेत्रको गाउँ-गाउँमा गएर मानिसहरूलाई भेटिरहेका छन्। सरकारका योजना जनतालाई जानकारी गराउनुका साथै मन्त्रीले शिलान्यास र भूमिपूजन कार्यक्रम पनि गर्दैछन् ।

जानकारीका अनुसार यो सम्पूर्ण घटना मुंगवली विधानसभाको देवर्ची गाउँको हो । मन्त्रीले मुंगवली विधानसभाको देवर्ची गाउँमा जनसम्पर्क गरिरहेका बेला केही उपद्रयाहा तत्वले उनलाई काउसो लगाएका थिए ।

यसै क्रममा एउटा भिडियो सार्वजनिक भएको छ, जसमा मन्त्री बृजेन्द्र सिंह राति गाउँमा नुहाउँदै चिलाउँदै गरेको देखिन्छ । यो भिडियोमा मन्त्रीले कसैले काउसो लगाइदियो भनेको पनि सुनिन्छ । काउसो लागेपछि मन्त्रीको अवस्था दयनीय भयो । उनको पूरै शरिर चिलाउन थाल्यो ।

अन्ततः मन्त्री बृजेन्द्र सिंहले गाउँमै नुहाएर लुगा फेर्नुपर्ने भयो । मन्त्रीलाई स्वागत गर्ने क्रममा केही बदमाशले फूलसँगै काउसो लगाएपछि मन्त्रीको शरीर लगातार चिलाउन थालेको बताइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -