Monday, November 11, 2024
घरक्राइम चेकलेखापालको मनपरीले कालिकामाइको स्वास्थ्य चौकीहरूमा औषधि अभाव

लेखापालको मनपरीले कालिकामाइको स्वास्थ्य चौकीहरूमा औषधि अभाव

वीरगंज/ पर्साको कालिकामाई गाउँपालिकामा रहेका स्वास्थ्य चौकीहरूमा सरकारले निःशुल्क बितरण गर्ने औषधिहरूको अभाव भएपछि सर्वसाधारण नागरिकहरू महंगो मूल्य तिरेर किन्न बाध्य भैरहका छन्।

क्राइम चेकलाई प्राप्त खबर अनुसार सरकारले निःशुल्क दिने औषधिहरू मध्ये ज्वरो, रुघा, पखाला लगायतको सामान्य औषधि समेतको अभाव भए पछि कलिकामाईका नागरिकहरू बाहिर निजी औषधि पसलबाट किन्न बाध्य हुनु परेको छ।

स्वास्थ्य चौकीहरूमा औषधि अभावको सन्दर्भमा पालिकालाई पटक पटक जानकारी गराएपनि आपूर्ति नगरिदिएपछि औषधिको अभाव भएको स्वाथ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले बताए। उनले भने, एक त प्रमुख प्रशासकीय अधिकृतसँग कहिल्यै भेट हुँदैन, फोन गर्दा कहिल्यै सम्पर्क नै हुँदैन। पालिकाको कार्यालयमा नबसेर अन्य स्थानबाट कागजी प्रकृया मिलानमा मात्र समय खर्चिने गरेको कारण जनताको स्वास्थ्यजस्तो अति समवेदनशील विषय पनि कलिकामाई गाउँपालिकामा ख्याल ठट्ठाको विषय बनेको छ।

अर्को स्रोतबाट प्राप्त खबर अनुसार सो पालिकामा कार्यरत लेखा अधिकृत अभिषेक शाहले सप्लायर्स/ठेकेदारहरूको भुक्तानी समयमा नगरिदिंदा औषधि आपूर्ति हुन नसकेको हो। हरेक भुक्तानीमा लेखा अधिकृत शाहले पहिला कमिशन माग्ने अनि मात्र भुक्तानी गर्ने गरेका छन्, यदि कुनै ठेकेदार वा सप्लायर्सले नियम विपरीत कमिशन दिन मानेनन् भने भुक्तानीमा बखेड़ा खड़ा गरेर दुःख दिने गरेको नाम नछाप्ने शर्तमा एक जना पीड़ितले बताए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा माथिल्लो निकायसम्म आफ्नो राजनीतिक पहुँच रहेको धाक लगाएर लेखा अधिकृत शाह पालिकामा मनोमानी गरिरहेका स्थानीयहरू बताउँछन्।

सो पालिकामा रहेका समुदायिक विद्यालयहरूमा संचालित दिवा खाजा कार्यकमको भुक्तानी नगर्दा सो कार्यकम पनि प्रभावित भएको खबर प्रकाशमा आएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -