Friday, May 3, 2024
घरप्रदेशद्वैध नागरिक चौधरीलाई वडाध्यक्षको संरक्षण, प्रशासनबाट उन्मुक्ति ?

द्वैध नागरिक चौधरीलाई वडाध्यक्षको संरक्षण, प्रशासनबाट उन्मुक्ति ?

वीरगंज/ नेपाल र भारत दुबै देशको नागरिकता लिएका केहि द्वैध नागरिक विरुद्ध परेको सप्रमाण उजुरी एवं सूचना उपर कारवाही नहुँदा स्थानीय प्रशासनबाट नै त्यस्ता द्वैध नागरिकमाथि संरक्षण हुने गरेको हो कि भन्ने आशंकाले यतिखेर वीरगंजमा चर्चा पाएको छ ।

प्राप्त खबर अनुसार वीरगंज महानगरपालिका वडा नं ६ बस्ने निरञ्जन चौधरीकाे छोरा वंशज नागरिकता प्राप्त गरेका आनन्द चौधरी बिहार सरकारकाे सरकारी कागजात अनुसार विशुद्ध भारतीय नागरिक भएकाे पुष्टि हुने स्पष्ट प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीले समेत छानबिन र कारवाही नहुँदा दुबै देशको नागरिकता लिएका द्वैध नागरिकहरु खुल्लेयाम हिंडिरहेका देखिन्छन् ।

एउटा देशमा गरेका वित्तिय अपराधबाट बच्न र संरक्षणकालागि दुबै देशको नागरिक बनेर दुबै देशलाई हानी पुर्याइरहेका आनन्द चौधरीजस्ता व्यक्ति विरुद्ध परेको उजुरीमाथि छानबिन र कारवाही हुन नदिन वीरगंज महानगर वडा नं. ६ का वडाध्यक्ष जय प्रकाश शाहले मध्यस्थता गरेको बुझिएको छ ।

स्थानीय तह निर्वाचनमा चुनाव जित्न वडाध्यक्ष जय प्रकाश शाहले खर्चेको रकम कम समयमै असुल्न पदीय दुरुपयोगका अनेकौँ काण्डहरु मध्ये आनन्द चौधरीलगायतका द्वैध नागरिकता सम्बन्धि मुद्दा मिलाई दिने भनि सेटिङ्ग मिलाउने मध्यस्थता गर्ने गरेको उनी निकट स्रोतले जनाएको छ ।

भारतीय सरकारी कागजातले आनन्द चौधरीलाई स्पष्ट रुपमा भारतीय भनेर लेखेको कागजात एवं नेपाली बंशज नागरिकता समेत बोक्ने व्यक्तिमाथि कारवाही नहुँदा जिल्ला प्रशासन कार्यालय पर्साको नियतमाथि समेत आशंका गर्न सकिन्छ ।

यस सन्दर्भमा वडाध्यक्ष शाहसँग बुझ्दा उनले आफूले कसैको संरक्षण र माध्यस्थता नगरेको बताए। उनले आनन्द चौधरीको पुस्तैनी जग्गा रक्सौलमा रहेपनि उनी बंशज नेपाली नागरिक भएको दाबी गर्नु भयो। उनले आनन्द चौधरी आफ्नो कार्यालयको छिमेकी र भोटर समेत रहेको हुँदा नियमित भेटघाट हुने गरेको भए पनि अन्य मामिलामा कुनै संबंध नरहेको बताउनु हुँदै वडाध्यक्ष

शाहले द्वैध नागरिक हुन भने कारवाहीको भागीदार हुनु पर्छ भने। उनले आफू कानून विपरीत काम गर्ने कसैलाई साथ नदिएको र चुनावी खर्च उठाउन नलागेको दाबी गर्नु भयो।

जिल्ला प्रशासन कार्यालय पर्सामा हाल ६ दर्जनभन्दा बढी द्वैध नागरिकतासम्बन्धि उजुरीहरु परे पनि कारवाही नहुँदा गृहमन्त्रालयले हस्तक्षेप गरेर छानबिन आगाडि बढाउनु पर्ने माग आम देशभक्त नागरिकहरुको रहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -