दोहोरो नागरिक साह परिवारलाई १५ दिनभित्र उपस्थित हुन सर्बोच्चको आदेश 

0

काठमाडौं । भारतीय नागरिकता त्याग नगरी नेपाली नागरिकता लिएका भारतीय नागरिक गणेश साह तेलीका परिवारलाई १५ दिनभित्र हाजिर हुन सर्वोच्च अदालतले आदेश गरेको छ ।

डायरी एक्सप्रेस साप्ताहिकको तर्फबाट नारायणप्रसाद शर्माले दायर गरेको रिटमा बरिष्ठ अधिवक्ता बासुदेव सिग्देलले बहस गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिपक्षी गणेशप्रसाद साह तेलीको परिवार लगायत ६ जना बिपक्षीलाई कारण देखाउ आदेश जारी भएको छ ।

अहिले निर्वाचन आयोगमा होस् वा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएको नागरिकता विधेयकमा बहस र बिभिन्न दृष्टिकोणहरु सार्वजनिक भइरहेका छन् । दोहोरो नागरिकता लिनेहरु धमाधम कारबाहीमा परिरहेका छन् । तर, पर्सा जिल्ला प्रशासनमा चाहिँ ७८ वटा दोहोरो नागरिकताका फाइल तत्कालीन प्रमुख जिल्ला अधिकारी आशमान तामाङका समयका विचाराधीन अवस्थामा छन् । अहिले पनि प्रमुख जिल्ला अधिकारी उमेश ढकाल कानमा तेल हालेर उजुरीहरु सिरानीमा राखेर बसेका छन् ।

पर्सा प्रहरीले पक्राउ गरिएका अभियुक्तहरुलाई बिभिन्न प्रलोभनमा छुट दिएको डायरी एक्सप्रेस स्रोतले उल्लेख गरेको थियो । तथापि छानविनै नगरी प्रहरीलाई तोक लगाएर पठाउने र पक्राउ गरिएका अभियुक्तहरु हाजिर गराएर कारबाही नगरी छाडिदिने जस्तो गम्भीर लापार्बाही गरिएको छ ।

भारतीय ब्यापारीहरु नेपाली भारतीय नागरिकता त्याग नगरी नेपाली नागरिकता लिएर धमाधम नेपालका बैंकहरुबाट ऋण लिएका छन् । तत्कालीन एनबी बैंक (हालको नबिल बैंक) बाट २५ करोड भन्दा बढी ऋण लिएका भारतीय नागरिक गणेश साह तेलीका विषयमा डायरी एक्सप्रेस साप्ताहिक र नेपाल फेस डटकम अनलाइनले सप्रमाण दोहोरो नागरिकता लिएका भारतीयहरुका विषयमा पटक पटक समाचार प्रकाशन गर्दा समेत पर्साका प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रालयले समेत कुनै मतलव नगरेपछि सर्वोच अदालतमा रिट दायर गरिएको छ । रिटमा प्रमाण खण्डको रुपमा प्रकाशित समाचार, भारतीय नागरिकको नेपाली र भारतीय नागरिकता, नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले भारतीय नागरिकताधारी गणेश साह तेलीलाई किन ऋण स्वीकृति गरेको भन्ने विषयमा सोधिएको प्रतिक्रियाका उत्तरलगायत समावेश गरिएको छ ।

भर्खरै चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने, सर्लाहीको संघीय संसदका उम्मेदवार राजेन्द्र महतोको नागरिकताका विषयमा बिभिन्न समयमा विवादमा समाचार आइरहेका छन् । कतिपय उम्मेदवारहरु अहिले पनि युरोप अमेरिका र भारतकै नागरिकता लिएको भएपनि नेपाली पनि नागरिक बनेर उम्मेदवार बनेका छन् । तथापि सक्रियतापूर्व अनुसन्धान हुन सकिरहेको छैन ।

सर्वोच्च अदालतको आदेश

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्