२०८२ माघ ७ गते, बुधबार ०५:१३

उम्मेदवार सिंगासन कलवारका कार्यकर्ता गुण्डागर्दीमा उत्रिए, प्रश्न सोध्ने दलित युवाको नाक भाँचे

वीरगंज/ जनताको मन एवं विश्वास जितेर मत प्राप्त गर्ने सिद्धान्तलाई ठेकेदारीबाट राजनीतिकमा उत्रिएका सिंगासन कलवारका समर्थक कार्यकर्ताहरु गुण्डागर्दीमा उत्रिएर प्रश्न सोध्ने मतदाताको नाक भाँचिदिएका छन् ।

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका दलित परिवारका एक युवकले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंगासन साह कलवारलाई प्रश्न गर्दा कुटिएको खुलासा भएको हो । मुक्का प्रहारले ती दलित युवकको नाकको हड्डी भाँचिएको र अपरेशन गर्नुपर्ने डाक्टरले जनाएको छ ।

कुटपिट गर्नेले युवकको समयमै नाकको अपरेशन नगराएकापछि घटना सार्वजनिक भएको हो । कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका सन्जिव कुमार पासवानको नाकको हड्डी भाँच्चिएको हो । पासवानलाई कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कलवारका दाई अरविन्द कलवारले कुटेका हुन् । वशिष्ठका काका दिनेश कलवार सिंगासनको समर्थक हुन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ (२) प्रदेश सभाका लागि निवर्तमान सांसद सिंगासन साह कलवारले उम्मेदवारी दर्ता गराएको एक हप्तापछि मुडलीमा पुगेर युवाहरुको भेला गराएका थिए । उक्त भेलामा दिनेश र अरविन्द पनि सहभागि थिए । युवालाई संगठित बनाउने उद्देश्यले सिंगासनले भेला राखेका थिए । संगठित युवालाई चुनावी अभियानमा परिचालन गर्ने उनको उद्देश्य थियो ।

युवाहरुलाई मनमा लागेको प्रश्न सोध्न सिंगासनले भनेका थिए । सन्जिव पासवानले विधायकजी जितेर गएको ५ वर्षमा के गर्नुभयो ? ५ वर्षमा युवा संगठनको आवश्यकता कहिले परेन्, अहिले चुनावको मुखमा तपाईलाई किन युवा चाहियो ? भनेर प्रश्न गरेका थिए । पासवानको प्रश्नले सिंगासनले असहज महशुस गरेका थिए ।

‘युवा भेलामा विधायकको उम्मेदवार सिंगासन कलावारलाई प्रश्न गर्दा मलाई टारगेटमा राखेका थिए,’ पासवास भन्छन्, ‘त्यसको ३ दिनपछि अरविन्द कलवारले मलाई कुटपिट गरिहाले ।’ अरविन्दले हिर्काएको एउटा मुक्का पासवानको नाकमा बजारिएको थियो । जसले गर्दा पासवानको नाकको हड्डी भाँचिएको थियो ।

घटनालाई लुकाउन पासवानलाई उपचारको लागि वीरगंजको नेशनल मेडिकल कलेज लगिएको थियो । डाक्टरले नाकको हड्डी भाँच्चिएकाले अपरेशन गर्नुपर्ने सुझाव दिएका थिए । अपरशेनमा पैसा खर्च हुनेभएपछि सिंगासनका समर्थकहरुले वीरगंजकै अर्का डा.वीरसिंह थापा र कुशवाहा थरका एकजना अर्को डाक्टरसँग पनि पासवानको नाक देखाएका थिए ।

उनीहरुले पनि अपरेशन नै गर्नुपर्ने सुझाव दिएका थिए । पासवानका अनुसार त्यसपछि छठ पछि अपरेशन गर्ने भनेका थिए । ‘तर, अहिले छठ बितेको पनि दुई हप्ता भइसक्यो,’ पासवानले भने, ‘अब चुनावमा सहयोग गरे मात्र अपरेशन गर्ने भनेका छन्, भाँच्चिएको नाक लिएर बस्नु परेको छ ।’ चुनावमा सहयोग गरेपछि मात्र अपरेशन गर्न भनिरहेका छन् । उपचार नगराइदिएपछि पासवान इलाका प्रहरी कार्यालय पोखरियामा पनि गएका थिए ।

‘प्रहरीले पनि उनीहरुलाई उपचार गराउन आदेश दिएको छ,’ पासवानले भने, ‘तर, पैसा र पावर उनीहरुसँगै छ, हामी दलितको दुख कसले हेर्छ ?’ नाकको हड्डी भाँचिएकाले साँस फेर्दा झन दुख्ने गरेको पीडा पासवानले सुनाए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM