२०८२ असार २० गते, शुक्रबार ०६:४९

साढ़े एक करोड बराबरको मदिरा बरामद

काठमाण्डौ/रसुवामा साढ़े एक करोड रुपैयाँ बराबरको रक्सी, चुरोटलगायत सामग्री बेवारिसे अवस्थामा फेला परेको छ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरेले बिहीबार उक्त सामान बरामद गरेको हो। भन्सार छलेर सीमा इलाकाको अस्थायी ड्राइपोर्टमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो।

अवैध रूपले चोरीपैठारी गरी महंगा मदिरा, चुरोटलगायत सामग्री ल्याएको गोप्य सूचनापछि प्रहरी निरीक्षक नारायण गुरूङ कमाण्डको संयुक्त टोली खटिएको थियो।

सशस्त्र प्रहरीले उक्त सामान बरामद गरे पनि ल्याउने व्यक्ति खुलेको छैन।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM