विमानस्थलमा ड्यूटीमा परेका बरिष्ठ सईको मृत्यु

0

काठमाडौँ । नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ ।

मंगलबार नेपालगञ्ज विमानस्थलको भिआइपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए । कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौँ फर्किँदै थिए ।

यहीबीचमा भिआइपीको व्यवस्थापनमा खटिएका वरिष्ठ सई भण्डारी अचानक भिआइपी कक्ष बाहिर ढले । तत्काल अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

भण्डारी लामो समयदेखि मिर्गौलाको समस्याले पीडित थिए । मंगलबार ड्युटीमा रहेका भण्डारीको ‘हर्ट अट्याक’का कारण निधन भएको एसपी अधिकारीले जानकारी दिए । उनको शव अहिले नेपालगन्ज नर्सिङ होममा राखिएको छ । परिवारको आग्रहमा दाहसंस्कारका लागि शव काठमाडौँ ल्याउन लागिएको छ । उनी बैतडीका स्थानीय हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्