उडिरहेको विमानमा बम रहेको सूचना आएपछि

0

इरानबाट चीनको ग्वाङ्झाउका लागि उडेको इरानी कम्पनी महान एयरको जहाज डब्लू ५८१ मा बम रहेको जानकारी नयाँ दिल्लीस्थित एयर ट्राफिक कन्ट्रोलरलाई आयाे ।

सोमबार बिहान भारतीय समय अनुसार करिब ९ बजे ३४० प्यासेन्जर लिएर भारतीय एयर स्पेस प्रवेश गरेको इरानी कम्पनी साे जहाजमा बम रहेको स्वयम् पाइलटले ट्राफिक कन्ट्रोलरलाई जानकारी दिएका हुन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ट्राफिक कन्ट्रोलरलाई खबर पुगे लगत्तै इन्दिरा गान्धी विमानस्थलमा सतर्कता मात्र अपनाइएन, यसका साथै भारतीय सुरक्षा एजेन्सीहरूले समेत सकर्तता लिए । तर, जहाजलाई नयाँ दिल्ली विमानस्थलमा भने अवतरणको अनुमति दिइएन ।

नयाँ दिल्लीमै अवतरणको अनुमति मागेको यस विमानलाई अनुमति दिइएन । सुरक्षाकाे कारण देखाउँदै अनुमति नदिइएपछि जहाजलाई जयपुर वा चण्डीगढ विमानस्थलमा जान अनुमति दिइएको थियो ।

पाइलटले भने दुवै शहरमा जहाज अवतरण गराउन इन्कार गरे । यसकारण भारतीय वायुसेनाको दुई विमानले डब्लू ५८१ जहाजलाई आकासमै घेरे ।

सोहीकारण बिहान ९ बजेर २० मिनेट देखि १० बजेर ५ मिनेटसम्म जहाज दिल्लीको आकासमै घुमेको थियो ।

अन्तिममा पाइलटले जहाजलाई आफ्नो गन्तव्य चीनको ग्वाङ्झाउ नै लैजाने निर्णय लिए । जहाज गन्तब्यमा सुरक्षित अवतरण गरिसकेको समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्