प्रभु हस्पिटलद्वारा निःशुल्क स्वास्थ्यशिविरको आयोजना

0

वीरगंज/ सबै स्वस्थ होऊन, सबै निरोगी रहून्, भन्ने पवित्र उद्देश्यले संचालित प्रभु हस्पिटलले बड़ा दशैँमा वीरगंजमा लाग्ने दशैँ मेलाको अवसर पारेर निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ।

ग्रीनसिटी र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा प्रभु हस्पिटल एवं वीरगंज सामुदायिक आँखा सेवा केन्द्रको सहकार्य र रुङ्टा वेल फेयर सोसाइटीको सहयोगमा संचालित सो निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा आइतवार वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. लक्ष्मी थापा, वरिष्ठ सर्जन डा. मनोज गुप्ताको प्रमुख आतिथ्यमा नि:शुल्क स्वास्थ्य एवं आँखा चेकजाँच कार्यक्रम प्रारम्भ भएको छ।

आज आइतवार सप्तमी र भोलि सोमबार अष्टमीको मेला सम्मसो सिविर संचालन हुने छ । शिविरमा नि:शुल्क औषधि वितरणमा गरिने ज़नाईएको छ।

रुङ्टा वेलफेयर सोसाइटीका सुरेश रुङ्टा, युवा नेता एवं सामाजिक अभियन्ता दिलिप राज कार्की, वीरगंज आँखा केन्द्रका संयोजक महेश सिंह धामी, वडा प्रहरी कार्यालय विर्ताका प्र.नि. विशाल मल्ल, ट्राफिकका नवीन पटेल, स.प्र.नानि राम पदारथ साह लगायतको उपस्थिति रहेको थियो।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्