२०८२ बैशाख ३० गते, मंगलवार १८:४२

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन

काठमाण्डौ /

बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।

सात दशकसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् ।

महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपरान्ह बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो।

राजकुमार चार्ल्स अन्तिम समयमा आमा अर्थात महारानीको छेउमा उपस्थित रहेको जनाइएको छ। महारानीको स्कटिस हाइल्याण्डमा रहेको कासलमा निधन भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM