२०८३ बैशाख ६ गते, आईतवार ०८:०२

राजनीतिक दल परित्याग गरेका युवा नेता गुप्ताद्वारा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

चन्द्रसूर्य समाचारदाता/

काठमाण्डौ, २१ भाद्र/ आगामी मंसिर ४ गते हुन लगेको प्रदेश /प्रतिनिधिसभा सदस्य पदको हुने निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिने चर्चा चुलिएसँगै सर्लाहीबाट युवा नेता सुनिल प्रसाद गुप्ताले पनि आफू आवद्ध राजनीतिक पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीको लोकतान्त्रिक युवा फ्रन्टको अध्यक्ष भई तीन वर्षसम्म नेतृत्व गरेका सुनिल प्रसाद गुप्ताले सो पार्टी परित्याग गरेर स्वतन्त्र रुपमै उम्मेदवारी दिने घोषणा गरेका छन्।

चन्द्रसूर्य वाणीसँग संक्षिप्त कुरा गर्दै गुप्ताले देशभर स्वतन्त्र उम्मेदवारको लहर, सर्लाही सर्लाही ३ ख प्रदेशसभा सदस्य पद कालागि स्वतन्त्र उम्मेदवार दिने तयारीमा रहेको बताए।

गुप्ताले राजनीतिक दलले दक्ष, योग्य, कर्तव्यनिष्ठ र संघर्षशील युवालाई राजनीतिक अवसर दिनुको साटो जहिले पनि भरियाको रुपमा मात्र राख्ने र ओझेलमा पार्ने काम गरिरहेको हुँदा आफूले सर्लाही ३ (ख) का सम्पूर्ण युवा, महिला दिदिबहिनी एवं सर्वसाधारण आम नागरिकको प्रतिनिधितव गर्दै प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको बताउनु भयो।

आयुर्वेद स्वास्थ्यकर्मी समाजको उपाध्यक्ष भएर पाँच वर्ष सम्म समाजमा योगदान गरेको, अन्य विभिन्न सामाजिक क्षेत्रमा लागेर जनताको सुखदु:खमा सहभागिता ज़नाउंदै आएकोले सो क्षेत्रका जनताको आकर्षण आफुप्रति रहेको युवा नेता गुप्ताको दाबी छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM