हरेक शुभ कार्य भन्दा पहिले स्वास्तिक बनाईने कारणहरू

0
43

स्वस्तिकलाई हिन्दु संस्कृतिमा परापूर्वकालदेखि नै शुभ र मंगलकामना को प्रतीक मानिन्छ। हिन्दू धर्ममा कुनै पनि शुभ कार्य गर्नुअघि स्वस्तिक बनाइने चलन छ। स्वस्तिक शब्द सु+अस+क शब्दहरू मिलेर बनेको हो। जसअनुसार ‘सु’ को अर्थ शुभ वा राम्रो, ‘अस’ को अर्थ ‘शक्ति’ वा ‘अस्तित्व’ र ‘क’ को अर्थ ‘कर्त्ता’ वा कर्म गर्ने व्यक्ति हुन्छ। ‘स्वस्तिक’ शब्दले कुनै विशेष व्यक्ति वा जातिको नभई सम्पूर्ण विश्वको कल्याण वा ‘वसुधैव कुटुम्बकम’ लाई जनाउँछ। स्वस्तिकको अर्थ भनेको ‘कुशलक्षेम’ वा कल्याणको प्रतीक हुन्छ। स्वस्तिक बनाउँदा एकअर्कालाई काट्ने दुई सीधा रेखाहरू समावेश हुन्छ जसलाई पछि मोडिन्छ र त्यसलाई पछिल्तिर पनि यी रेखाहरू आफ्नो छेउबाट टुप्पोमा अलि अगाडि तर्फ मोडिन्छ। स्वस्तिकको यो आकारमा रेखाहरू अगाडि तर्फ दायाँतिर मात्र घुम्छन्।

 

यो एक शुभ संकेत हो जसले हाम्रो प्रगतिको संकेत गर्दछ। ऋग्वेद स्तोत्रमा स्वस्तिकलाई सूर्यको प्रतीक मानिएको छ र यसको चार भुजालाई चार दिशाको उपमा दिइएको छ। ‘सिद्धान्तसार’ नामक ग्रन्थमा यसलाई विश्व ब्रह्माण्डको प्रतीकात्मक चित्र मानिएको छ। यसको मध्य भागलाई विष्णुको कमल युक्त नाभि र रेखाहरूलाई ब्रह्माको चार मुख, चार हात र चार वेद को रूपमा चित्रण गरिएको छ। अन्य ग्रन्थहरूमा चार युग, चार वर्ण, चार आश्रम र धर्म, अर्थ, काम र मोक्षको चार पुरुषार्थ प्राप्त गर्ने समाज व्यवस्था र व्यक्तिगत आस्थालाई जीवित राख्ने संकेतहरू स्वस्तिकमा कुँदिएको भनी वर्णन गरिएको छ। स्वस्तिकका चार रेखाहरू जोडेपछि बीचमा बनेको बिन्दुलाई पनि विभिन्न मान्यताहरूद्वारा परिभाषित गरिएको छ।

 

स्वस्तिकका चार रेखालाई ब्रह्माको चार शिर मान्ने हो भने बीचको बिन्दु भगवान विष्णुको नाभि हुन जहाँबाट ब्रह्मा प्रकट हुन्छन्। स्वस्तिकमा भगवान गणेश र नारदको शक्तिहरू निहित छन। यस्मा राखिने ४ वटा बिन्दुलाई गौरी, पृथ्वी, कच्छप र अनन्त देवताहरुको वासस्थान रहेको मानिन्छ। स्वस्तिकलाई भगवान विष्णु र सूर्यको आसन पनि मानिन्छ। स्वस्तिकको देब्रेपट्टि ‘गं’ बीज मन्त्रको साथमा गणेशको शक्ति आसन हुन्छ र ऐश्वर्यकी देवी लक्ष्मीको साथमा दिशाहरूको प्रतीक स्वस्तिकले सबै दिशाको महत्त्वलाई संकेत गर्दछ। चारै दिशाका अधिपति देवताहरू अग्नि, इन्द्र, वरुण र सोम (चन्द्र) को पूजा गर्न र सप्तऋषिहरूको आशीर्वाद प्राप्त गर्न यसको प्रयोग गरिन्छ। सम्पूर्ण ब्रह्माण्ड ३६०° मा रहेको २७ नक्षत्रहरू मध्ये पहिलो हो जसलाई ६००-६०० को चार समानान्तर खण्डहरूमा विभाजित गरिएको छ जसमा पुष्य, चित्र, श्रवण र रेवती छन्। चारवटा बिन्दुहरूले चार दिशाहरू प्रतिनिधित्व गर्दछ। यो स्वस्तिक चिह्न पूर्ण खगोल विज्ञान को प्रतीक हो जसमार्फत चारै दिशाका देवताहरूलाई प्रार्थना गरिएको छ।

 

हिन्दू धर्मका महत्वपूर्ण चार पुरुषार्थ – धर्म, अर्थ, काम, मोक्ष र चार वेद – ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद को प्रतीक स्वस्तिकलाई मानिन्छ। यसैगरि चार मार्ग अर्थात ज्ञान, कर्म, योग र भक्तिको प्रतीक पनि स्वस्तिक नै हो। यो जीवन चक्र र समयको प्रतीक पनि हो। जीवन चक्रमा बाल्यकाल, किशोरावस्था, युवावस्था र वृद्धावस्था जसमार्फत जन्म, युवावस्था, बुढ्यौली र मृत्युको पदानुक्रम समावेश हुन्छ। त्यसैगरी यो चार आश्रम अर्थात ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यासको क्रम पनि हो। स्वस्तिकका चार भुजाहरूले चार गतिहरू – नर्क, त्रियंच, मनुष्य र देवतालाई प्रतिनिधित्व गर्दछ, जबकि समय चक्रमा ऋतु र समय समावेश छ। यो सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग लगायत चार युगको प्रतीक पनि हो। स्वस्तिक सधैं रातो रङको बनाइन्छ तथा धार्मिक कार्यक्रममा रोली, बेसार र सिन्दुरले बनेको स्वस्तिकले आत्म सन्तुष्टि पनि दिन्छ। ढोकाबाहिर सिंदूर र कुमकुमले बनेको रंगोली सहितको स्वस्तिकलाई शुभ मानिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्