पर्साको सखुवाप्रसौनी गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले भदौ १ गते देखि नै पालिकाले निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिएको बताउनु भयो ।
मधुवन मथलव स्वास्थ्य चौकी र महुवन स्वास्थ्य चौकीमा रहेका एम्बुलेन्स पालिकाको लागि भदौ १ गते देखि नै निःशुल्क उपलब्ध गराउन थालिएको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिए ।
यादवले गाउँपालिकाको नवौँ गाउँसभाबाट पारित भएको निर्णय बमोजिम भदौ १ गते देखि सेवा उपलब्ध गराइएको जानकारी दिए । सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने ईन्धन खर्च सेवाग्राही स्वंयले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताए ।
यसैगरि सखुवाप्रसौनी गाउँपालिका बाहेकका अन्य नागरिकको हकमा भने साविक बमोजिम नै एम्बुलेन्स भाडा लागु हुने उनले बताए ।