नारायणी अस्पतालमा बिरामीलाई दिइने खाना अस्वस्थकर ?

0

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, १७ साउन/ वीरगंजको एकमात्र सरकारी अस्पताल नारायणीमा बिरामी र कुरुवालाई दिइने खाना बिरामीले खानै नसक्ने अस्वस्थकर र गुणस्तरहीन भएको त्यहाँका बिरामीले गुनासो गरेकाछन् ।

आफुहरुले त्यो खाना खान नसकेर अस्पतालको पछाडि फालिदिने गरेको नाम उल्लेख नगर्ने शर्तमा एकजना बिरामीका कुरुवाले जानकारी दिए । यसरी फालिएको खाना सडेर दुर्गन्धित हुँदा त्यो ठाउँ बस्नै नसक्नेगरि गन्हाएको स्थानीय मनोज गुप्ताले बताए ।

बिरामीद्वारा यसरी फालिएको खानाले सबैभन्दा बढी मर्कामा परेको छ जिल्ला वन कार्यालम पर्सा । त्यहाँका कर्मचारी आजित भैसके तर समस्या सुनवाई नहुँदा दिक्क छन् ।

पटक-पटक नारायणी अस्पतालको खाना कुनै स्वाद र गुणस्तरको नभएको कुरालाई त्यहाँका कर्मचारी ठाडै अस्वीकार गर्दै भन्छन् ‘बिरामीले खाने खानामा चिल्लो, पिरो र नुन मसाला कम हुन्छ । गाउँबाट आएका तेल मसाला र खुर्सानी बढी खानेलाई यस्तो सादा खाना कहाँ मन पर्छ र ?’ उनी अगाडि ‘भन्छन् हामी आफै यो खाना पकाउँछौ र खान्छौ त्यस्तो सार्है नमिठो या नराम्रो त लाग्दैन ‘

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विरेन्द्र प्रधान भन्छन् ‘आफ्नो जानकारीमा यो कुरा आएको र दुई तीनपल्ट अनुगमन पनि भएको थियो ।’ आफु यस विषयमा गम्भीर रहेको र सुधार गर्न प्रतिवद्ध रहेको पनि बताए ।

अस्पतालको बिरामी र कुरुवालाई दिइने खाना अस्पतालले ठेकेदार मार्फत दिने गरेको छ । अहिलेको ठेकेदारले गुणस्तरयूक्त सन्तोषजनक खाना नदिरहेको पनि डा. प्रधानले जानकारी दिए । कोरोना कालमा आफुहरुले छुट्टै मेस चलाएर बिरामीलाई गुणस्तरीय खाना दिएको बताउँदै डा. प्रधानले आफुलाई सहयोग गर्ने व्यक्ति नभएकोले पनि यो समस्या सुधार हुन नसकेको गुनासो गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्