Tuesday, November 26, 2024
घरसमाचारप्रहरी अस्पतालको नि:शुल्क उपचारले स्थानीयवासी लाभान्वित

प्रहरी अस्पतालको नि:शुल्क उपचारले स्थानीयवासी लाभान्वित

दिपक चौरसिया, पर्सा । सप्तरीको रुपणी गाउँपालिका वडा नम्बर १ राजमार्ग संग जोडिएको रुपणी चौक स्थित ठाको देवी जोगेन्द्र दास प्रदेश २ प्रहरी अस्पतालले बिरामीलाई नि:शुल्क स्तरिय सेवा प्रदान गर्दै लोकप्रिय बन्दै गएको छ । अस्पतालले दैनिक ओपिडिसेवा आक्समिक सेवा, देखि समान्य शल्यक्रियाको सेवा समेत नि:शुल्क प्रदान गर्दै लोकप्रिय बन्दै गएको हो ।

प्रहरी अस्पतालले प्रहरी कर्मचारिका साथै स्थानिय सर्वसाधारणलाई समेत निशुल्क उपचार सेवा दिएर छोटो समयमै लोकप्रिय बन्दै गएको हो । सामान्य शल्यक्रिया देखि आकस्मिक, ओपिडि, दन्त, ल्याब सेवा लगायत अन्य सेवाहरु २४ औं घण्टा उपलब्ध गराउँदै आएको अस्पतालका प्रमुख डाक्टर सुरेन्द्र साहले जानकारी दिए ।

स्थानिय योगेन्द्र भगत र ठाको देवी दम्पतीले २०६८ पुस ४ गते लाखौं मूल्यपर्ने रुपणी १ स्थित राजमार्ग संग जोडिएको २ बिगहा ६ कठ्ठा जग्गा निशुल्क दिएपछि प्रहरी अस्पताल भवनको निर्माण शुरु भएको थियो । नेपाल प्रहरीका तत्कालिन आईजिपी उपेन्द्रकान्त अर्यालले २०७६ माघ २ गते प्रहरी अस्पतालको विधिवत रुपमा उद्घाटन गरे लगत्तै उपचार सेवा शुरु भएको थियो ।

 

सेवारत प्रहर कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारीका साथै सर्वसाधारणलाई उक्त उपचार सेवा दिदै आएको छ । प्रदेश २ प्रहरी अस्पतालमा डाक्टर तथा डिएसपी सुरेन्द्र साहको नेतृत्वमा स्वास्थ्य तर्फ १५ तथा प्रशासन तर्फ २२ जना गरी कुल ३७ जना कर्मचारी कार्यरत रहेका छन ।

 

प्रदेश २ अन्तरगतको विभिन्न जिल्लामा आयोजना भएको शिविर तथा दैनिक आउँने विरामी गरी कुल ७ हजार दुईसय ५० जना विरामीलाई उपचार सेवा प्रदान गरिएको डाक्टर साहले बताए । हाल प्रादेशिक प्रहरी अस्पतालमा समान्य शल्यक्रिया सेवाको सुविधा भएपनि निकट भविष्यमै सबै प्रकारको मेजर अप्रेशनको लागि आवश्यक प्राविधिक कार्य सुरु भएको डाक्टर साहले जानकारी दिए ।

 

भगत दम्पतीले निशुल्क दान गरेको जग्गामा चारतल्ले भवनमा १६ वटा कोठामा प्रादेशिक अस्पताल संचालनमा रहेको छ । प्रदेश २ अन्तगरगतको कुनैपनि जिल्लाको विरामीलाई सहज किसिमले उपचार सेवा दिने व्यवस्था भएकोले उपचाको लागि निर्धक्क आउन प्रादेशिक प्रहरी अस्पतालले सर्वसाधारण सबैलाई आग्रह समेत गरेको छ ।

 

अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि अस्पतालको थप विकासको लागि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख, प्रहरी नायब महानिरिक्षक मसउद आलम खाँले अस्पतालको निरिक्षण तथा अनुगमन गरेका छन । अस्पताल निरिक्षण गर्ने क्रममा डाक्टर सुरेन्द्र साहले अस्पतालको प्रशासनिक काम कारवाही तथा सेवा प्रवाह तथा अगाडी दिनमा अस्पताललाई थप प्राविधियुक्त बनाउँन आवश्यकता बारे जानकारी गराए ।

निरिक्षणमा सप्तरी जिल्लाका प्रमुख प्रहरी उपरिक्षक अभिनारायण काफ्ले , नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर धनुषाका कार्यालय प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाँल लगायतको प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो । अस्पतालका कर्मचारीलाई जनताको सेवा प्रभावका कुनै कसर बाँकी नराख्न प्रहरी नायब महानिरिक्षक खाँले आदेश समेत दिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -