२०८२ आश्विन २६ गते, आईतवार १३:२८

मदिरा सेवन गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा

उपत्यका ट्राफिक प्रहरी कार्यालयतस्बिर: काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय

काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने चालकहरू कारबाहीमा परेका छन्।

आइतबार बिहान पाँच वटा स्कुलका सवारी चालकले मादक पदार्थ सेवन गरी बस चलाएको खुलेपछि कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान सञ्चालन गरेको थियो।

त्यसअनुसार आइतबार बिहान चेकजाँच गर्दा १६ बस चालकले विभिन्न ट्राफिक नियम उल्लंघन गरेको हुँदा कारबाही गरेको भट्टले बताए।

ती मध्ये पाँच स्कुलका बस चालकले भने मापसे गरेको पाएको हो।

एसएसपी भट्टले यस अभियानलाई निरन्तर सञ्चालन गर्ने जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM