सानो अवधिमा धनाढ्य बनेका खर्बपति…!
नीलम रत्न अवैध निकासीमा संलग्न त छैनन् ?
संभ्रान्त परिवार की चिनिने महिलाले गुप्ताङ्गमा लुकाई छुपाई अवैध कारोबार गरेका दृष्टान्त धेरै नै छन् ।
खाद्य साम्रगीको पोकाहरुमा निषेधित सामग्री ओसार-पसारले पनि व्यवसाय फस्टाएको हुन्छ । यस्ता अवैध कारोबारी, राजश्वमाराहरुकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसैको कुनै दबाव वा प्रभावमा नपरी कार्यवाही गर्ने नेपालको इतिहास विद्यमान छ ।
तातोपानी जान पल्केका र गैरकानुनी रुपबाट आर्जित विदेश तथा छिमेकी राष्ट्रमा संचित नामी/बेनामी सम्पत्तिको छानबिन भारतमा सि.बि.आई.जस्ता निकायहरुले गम्भीरतापूर्वक गरिरहेका छन् ।
दोषीका चिरपरिचित नातागोता समेत छानबिनमा दोषी पाइए दण्ड सजायको भागिदार हुने हुँदा सजायबाट बञ्चित गराइनु हुँदैन भन्ने आम बुझाइ रहिआएको छ ।
पैसाको आडमा तान्त्रिक प्रकृया भूत, पिशाच, यक्ष यक्षिणीले कार्यवाही अवरोध गर्ने दुःस्वप्न राखेकाहरु विश्व समक्ष नाङ्गेझार भई आजीवन सजायको भागिदार हुनु पर्ने छ । तर यस्ताले प्रतिष्ठाकोलागि आफ्नो सन्ततीको झुठो सपथ लिन सक्दैनन् ।
अनुसन्धान जारी छ, तस्वीरसहित निकट भविष्यमा विस्तृत जानकारी प्रकाशन हुने नै छ ।

















