२०८२ असार २० गते, शुक्रबार ०६:४५

सेवा सुविधावापतकाे रकम विपन्‍न परिवारको शिक्षा र स्वास्थ्यमा सहयाेग गर्ने नगर प्रमुखको घोषणा

उदयपुर । उदयपुरकाे कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधावापतकाे रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयाेग गर्ने बताएका छन् । साेमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि काेष स्थापना गर्ने बताए ।

आफूले पाउने सेवा सुविधालाई जनताकाे भविष्यसँग जाेड्न चाहेकाे उनकाे भनाइ छ ।

यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । नगर प्रमुखकाे रूपमा उनकाे पहिलाे निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM