२०८२ असार २० गते, शुक्रबार ०७:२५

यौन दूर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । यौनदुर्ब्यवहारको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी एमाले नेता भएको खुलेको छ । उनी काभ्रेका एमाले नेता हुन् ।

पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाका निकट अधिकारीले पटक पटक यौन दुव्र्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी आन्दोलनमा उत्रिएपछि उनी पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

काभ्रे घर भएका अधिकारी गोकुल बास्कोटा संचारमन्त्री हुँदा मन्त्रालयमा मिडिया विश्लेषकका रुपमा नियुक्त भएका थिए । यसअघि काभ्रेमै पनि उनीमाथि यौनकाण्ड लागेको थियो । तर पार्टीभित्रै उक्त काण्ड गुपचुप बनाई बास्कोटाले जोगाएका थिए ।

अधिकारी सेन्ट लरेन्स कलेजमा समाजिक विषय पढाउने शिक्षक समेत हुन् । कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएपछि विद्यार्थीहरु प्रहरी बृत्त गौशालाअगाडि प्रदर्शनमा उत्रिएपछि प्रहरीले अधिकारीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM