काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि डीआईजी बसन्त कुमार लामा सिफारिस भएका छन्।
गृहमन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले लामालाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मात्र बढुवा गरिएको हो ।
बढुवा सिफारिसमा परेका लामा प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।