२०८२ जेष्ठ ५ गते, आईतवार ०१:०१

काँग्रेस र एमाले कार्यकर्ताबीच झड़प आधा दर्जन घाइते

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएकाे छन ।

घाइते ६ जना मध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । निर्वाचन प्रचारका क्रममा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले पनि कांग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेकपा एमालेबाट चेतबहादुर राना उम्मेदवार हुनुभएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM