चेन्नइको पहिलो जित

0
105

काठमाडौं। रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ।

२१७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १९३ रन बनाउन सक्यो । बेंगलोरका शहबाज अहमदले सर्वाधिक ४१ रन बनाए। सुयश प्रभुदेशाईंले ३४ रनको योगदान गरे।

बेंगलोरलाई सस्तैमा समेट्न चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। रविन्द्र जडेजाले तीन विकेट हात पारे। यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार पारेकाे थियाे ।

चेन्नईका रोबिन उथप्पाले आक्रामक ब्याटिङ गर्दै ८८ रन बनाए । ब्याटर शिवम दुबेले समेत आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९५ रन बनाए। बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्