Wednesday, September 11, 2024
घरक्राइम चेकवीरगंज हेल्थ केयरमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ

वीरगंज हेल्थ केयरमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ

वीरगंज, २५ चैत्र/
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले स्वास्थ्य बीमा कार्यक्रमलाई ग्रामीण भेगका जनताको पहुँचसम्म पुर्याउन सकेको खण्डमा राज्यले लिएको लक्ष्य पूर्ति हुने बताउनु भएको छ ।

वीरगंज-१४ गण्डक बहुअरीस्थित वीरगंज हेल्थ केयरमा शुक्रबारदेखि शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले सो क़ुरा बताउनु भएको हो ।

सो समारोहमा प्रजिअ ढकालले बीमा कार्यक्रमको विशेषता र महत्त्वका बारेमा खासगरी ग्रामीण भेगका जनतालाई जानकारी र जनचेतना नभएको कारण उनीहरू यो कार्यक्रमबाट टाढा रहेको बताउनु भयो । उनले वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल कलेजसँगै वीरगंज हेल्थकेयरमा शुरू भएको यो सेवाले गर्दा धेरैभन्दा धेरै जनताले लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले स्वास्थ्य बीमा कार्यक्रम जनताको हितको लागि भए पनि प्रचार प्रसारको अभावका कारण लक्षित वर्गले लाभ लिन नसकेको बताउनु भयो ।

वीरगंज हेल्थ केयरका अध्यक्ष डा. अबुलहैस अन्सारीको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा बीमा बोर्ड वीरगंज शाखाका हरिश पन्तले बीमा कार्यक्रमसम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बञ्जारा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, बीमा बोर्ड वीरगंज कार्यालयकी प्रमुख रेखा गौतम, नारायणी अस्पतालका निमित्त मे.सु. डा. उदयनारायण सिंह, डा. दीलिप चौरसिया, डा आरके सिंहलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

अस्पतालकी प्रमुख प्रशासकीय अधिकृत भूमिका अधिकारीले स्वागत मन्तव्य दिंदै अस्पतालले विगतदेखि हालसम्म दिंदै आएका सेवाबारे जानकारी गराउनु भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -