Tuesday, May 21, 2024
घरक्राइम चेकसर्लाहीमा गोली प्रहार गरी एक युवकको हत्या, पहिचान खुल्यो

सर्लाहीमा गोली प्रहार गरी एक युवकको हत्या, पहिचान खुल्यो

वीरगंज, २३ चैत्र । सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक भारतीय युवकको हत्या भएको छ ।

बुधबार साँझ ७ :४० बजेतिर मलगंवा नगरपालिका-९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार नचिनेका मानिसले हानेको गोली लागेर युवकको मृत्यु भएको हो ।

गोली लागेर घाइते भएका भारत बिसनपुरका इन्दल कुमार रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि मलगंवा अस्पताल लगिएको केहीबेरमै मृत्यु भएको डीएसपी बुढाथोकीले बताए ।

गोली कसले चलाएको भन्नेबारे खुल्न नसकेको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -