Thursday, July 25, 2024
घरसमाचारकिरन आँखा अस्पतालः पाँचौ वर्षको प्रतिबद्धता गर्दै डा. क्यालले के भने ?

किरन आँखा अस्पतालः पाँचौ वर्षको प्रतिबद्धता गर्दै डा. क्यालले के भने ?

पर्सा, ०१ चैत्र /
वीरगञ्जस्थित किरण आखाँ अस्पताल आफ्नो सफलता पूर्ण चौथौ वर्ष पार गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । हजारौँ आखाँ बिरामीहरुको नेत्र परिक्षण गरि सफला प्राप्त गरेको किरण आखाँ अस्पातलले आफ्नो शुभचिन्तक तथा आफ्नो अस्पतालका समुहलाई निरन्तर चार वर्ष सम्म सेवा प्रवाहमा सहयोग गरेकोमा आखाँ अस्पताले धन्यवाद ज्ञापन पनि गरेको छ । अस्पातलले आफ्नो गुणस्तरीय सेवा प्रवाहामा आउने दिनमा कुनै प्रकारको सम्झैता नगर्ने अस्पतालका संचालक तथा वरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर अमर क्यालले जानकारी दिनु भयो ।

अस्पतालले आफ्नो वार्षिक उत्सवको अवसरमा २१ जनाको निशुल्क शल्याक्रिया गर्ने पनि संचालक डाक्टर क्यालले जानकारी दिनु भयो । अस्पालद्धारा केहि दिन अगाडि मात्र वीरगञ्ज कारागारमा निशुल्क आखाँ परिक्षण गरेको थियो । सो आखाँ शिबिरमा फेला परेको २१ जना मोतिया बिन्दु रोगीको निशुल्क शल्यक्रिया गर्ने प्रतिब्द्धता डाक्टर क्यालले व्यक्त गर्नु भयो ।


डाक्टर क्यालले वार्षिक उत्सवकाको अवसरमा अस्पताल परिसर र आसपास बृक्षारोप गरि मनाएको पनि जानकारी दिनु भयो । बिगत दुई वर्षमा कोरोनाका कारण निकै शंवेदनशिल भई पुर्ण स्वास्थ्य सतर्कताका साथ सेवा निरन्तर प्रदान गरेको पनि वहाँले बताउनु भयो । हाल सम्म पनि कोरोनाको कहर स्थीर मात्र भएको तर समाप्त नभएकोले धेरै भिड हुने किसिमले कार्यक्रम गर्न नसकिएको भएपनि सेवा ग्राहिको हितमा निशुल्क आखाँ परिक्षण र समुदायमा सेवा बिस्तारमा ध्यान दिएको पनि बताउनु भयो ।

हाँल अस्पतालले पर्साको दोस्रो सदरमुकाम पोखरीया नगरपालिका तथा बाराको कलैयामा सेवा बिस्तार गरेको पनि जानकारी दिनु भयो । आउने दिनमा थप जिमेवारी तथा समाज प्रति उत्तरदायि भएर सेवा निरन्तर प्रदान गर्ने डाक्टर क्यालको भनाई छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -