बिहीबार टर्किमा भेटदै रूस र युक्रेनको विदेशमंत्री

0

काठमाण्डौ,

२४ फागुन रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।

सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने हुनुभएको हो । रुसी विदेशमन्त्री लाभरोभले आफू सो कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेशमन्त्रीसँग भेटघाट हुने जानकारी दिनुभएको बताइएको छ ।

उता युक्रेनी विदेशमन्त्री मेभलुतले पनि सो फोरममा आफू जान लागेको भन्दै रुसी विदेशमन्त्रीसँग भेट हुने जानकारी दिनुभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्